काेराेनाबाट थप एक जनाकाे मृत्यु, मृतककाे संख्या ३४ पुग्याे

<p>काठमाडाैं । शनिबार बिहान गोरखामा कोरोना संक्रमणबाट  एक जनाको मृत्यु भएकाे छ । गोरखा अस्पतालको आइसोलेसनमा उपचारका क्रममा ४४ वर्षीय पुरुषको मृत्यु भएकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । विदेशबाट फर्किएका ती पुरूषमा कोरोना पोजेटिभ पुष्टि भएपछि उपचारका लागि गएराति गाेरखा अस्पताल भर्ना गरिएको थियो । पालुङटार नगरपालिका [&hellip;]</p>

काठमाडाैं । शनिबार बिहान गोरखामा कोरोना संक्रमणबाट  एक जनाको मृत्यु भएकाे छ ।

गोरखा अस्पतालको आइसोलेसनमा उपचारका क्रममा ४४ वर्षीय पुरुषको मृत्यु भएकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

विदेशबाट फर्किएका ती पुरूषमा कोरोना पोजेटिभ पुष्टि भएपछि उपचारका लागि गएराति गाेरखा अस्पताल भर्ना गरिएको थियो । पालुङटार नगरपालिका वडा नम्वर ७ का पुरुषको कतारबाट आएका गत असार १६ गते नेपाल फर्किएका थिए ।

याेससँगै काेराेना संक्रमणबाट देशभर ३४ जनाकाे मृत्यु भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

Share News