काठमाडाैं उपत्यकामा एकैदिन थपिए ४२ जना कोरोना संक्रमित

<p>काठमाडाैं । शुक्रबार काठमाडौं उपत्यकामा ४२ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ४२ जना कोरोना संक्रमित थपिएकाे बताए । संक्रमितहरु काठमाडाैंकाे २८ जना, ललितपुरका १३ जना र भक्तपुरकाे १ जना रहेकाे गाैतमले बताए । शुक्रबार नेपालमा १ सय १८ जना काेराेना संक्रमित थपिएका छन् भने १ [&hellip;]</p>

काठमाडाैं । शुक्रबार काठमाडौं उपत्यकामा ४२ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ४२ जना कोरोना संक्रमित थपिएकाे बताए ।

संक्रमितहरु काठमाडाैंकाे २८ जना, ललितपुरका १३ जना र भक्तपुरकाे १ जना रहेकाे गाैतमले बताए ।

शुक्रबार नेपालमा १ सय १८ जना काेराेना संक्रमित थपिएका छन् भने १ सय २९ जना संक्रमित निकाे भएर घर फर्किएका छन् । नेपालमा काेराेना संक्रमितकाे स‌ंख्या १६ हजार ६ सय ४१ पुगेकाे छ भने कुल निकाे भएर घर फर्किनेकाे संख्या ८ हजार ११ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३५ जनाको मृत्यु भइसकेकाे छ ।

Share News