काठमाडाैं उपत्यकामा थपिए ९ जना कोरोना संक्रमित

<p>काठमाडाैं ।  काठमाडौं उपत्यकामा ९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ९ जना कोरोना संक्रमित थपिएकाे बताए । संक्रमितहरु काठमाडाैंकाे ३ जना र ललितपुरका ५ जना र भक्तपुरकाे १ जना रहेकाे गाैतमले बताए । साेमबार नेपालमा १ सय ४४ जना काेराेना संक्रमित थपिएका [&hellip;]</p>

काठमाडाैं ।  काठमाडौं उपत्यकामा ९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ९ जना कोरोना संक्रमित थपिएकाे बताए ।

संक्रमितहरु काठमाडाैंकाे ३ जना र ललितपुरका ५ जना र भक्तपुरकाे १ जना रहेकाे गाैतमले बताए ।

साेमबार नेपालमा १ सय ४४ जना काेराेना संक्रमित थपिएका छन् भने १७ सय ५ जना संक्रमित निकाे भएर घर फर्किएका छन् । नेपालमा काेराेना संक्रमितकाे स‌ंख्या १६ हजार ९ सय ४५ पुगेकाे छ भने कुल निकाे भएर घर फर्किनेकाे संख्या १० हजार २ सय ८९ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३८ जको मृत्यु भइसकेकाे छ ।

Share News