काेराेनाबाट राैतहटमा ३६ वर्षिय पुरुषकाे मृत्‍यु

<p>काठमाडौं । काेराेनाबाट नेपालमा थप एकजनाकाे मृत्&#x200d;यु भएकाे छ । राैतहटमा उपचारकाे क्रममा रहेकाे एक ३६ वर्षिय पुरुषकाे काेराेनाकाे कारण मृत्&#x200d;यु भएकाे हाे । उनकाे बुधबार दिउँसाे २:३० बजे मृत्&#x200d;यु भएकाे स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । उनकाे परिवारकाे सदस्य काेभिड १९ बाट मृत्&#x200d;यु भएकाे दाजुकाे लागि अन्तिम संस्कार गर्न भारतकाे बैगलाेर गएका थियाे । उनीहरु असार २४ [&hellip;]</p>

काठमाडौं । काेराेनाबाट नेपालमा थप एकजनाकाे मृत्‍यु भएकाे छ । राैतहटमा उपचारकाे क्रममा रहेकाे एक ३६ वर्षिय पुरुषकाे काेराेनाकाे कारण मृत्‍यु भएकाे हाे ।

उनकाे बुधबार दिउँसाे २:३० बजे मृत्‍यु भएकाे स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

उनकाे परिवारकाे सदस्य काेभिड १९ बाट मृत्‍यु भएकाे दाजुकाे लागि अन्तिम संस्कार गर्न भारतकाे बैगलाेर गएका थियाे । उनीहरु असार २४ गते नेपाल फर्की राैतहटकाे परहवा क्वारेन्टिनमा बसेकाे गाैतमले बताए ।

असार २९ गते रुघाखाेकी, ज्वाेराे तथा सास फेर्न समस्या अाएपछि उनलाई साेहि दिन नारयणी  अस्पताल विरगंजमा भर्ना गरिएकाे र परीक्षण गर्दा असार ३१ गते काेराेना पुष्टि भएकाे थियाे ।

बुधबार थप समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखिएकाे र त्यही मृत्‍यु भएकाे गाैतमले बताए । याेसँगै नेपालमा काेराेना लागेर मृत्‍यु हुनेकाे संख्या ३९ पुगेकाे छ ।

हाल नेपालमा १७ हजार १ सय ७७ जनामा काेराेना पुष्टि भएकाे छ भने ११ हजार २५ जना निकाे भएर घर फर्किसकेका छन् ।

 

Share News