काठमाडौ । कोरोना संक्रमणका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक वृद्धको मृत्यु भएको छ । सप्तरी राजविराज नगरपालिका–१ घर भएका ७३ वर्षीय वृद्धको बिहिबार राती मृत्यु भएको हो ।
गत बुधबार वृद्धलाई अस्पताल भर्ना गरिएको थियो। मुटु, मधुमेह, उच्च रक्तचाप विरामी समेत रहेका उनलाई भर्ना गर्दा ज्वरो र खोकी पनि देखिएपछि आइसोलेसनमा राखिएकाे अस्पतालले जनाएकाे छ ।
याेसँगै नेपालमा काेराेनाकाे कारण मृत्यु हुनेकाे संख्या ४० पुगेकाे छ ।