काठमाडाैं उपत्यकामा ३ जना कोरोना संक्रमित थपिए

<p>काठमाडाैं ।  काठमाडौं उपत्यकामा ३ जना मात्र कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ३ जना कोरोना संक्रमित थपिएकाे बताए । संक्रमित काठमाडाैंकाे १ र ललितपुरकाे २ जना रहेकाे गाैतमले बताए । याेसँगै उपत्यकामा काेराेना संक्रमण पुष्टि भएकाे स‌ंख्या ३ सय ७० पुगेकाे छ जसमा काठमाडाैंकाे २ सय [&hellip;]</p>

काठमाडाैं ।  काठमाडौं उपत्यकामा ३ जना मात्र कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ३ जना कोरोना संक्रमित थपिएकाे बताए ।

संक्रमित काठमाडाैंकाे १ र ललितपुरकाे २ जना रहेकाे गाैतमले बताए । याेसँगै उपत्यकामा काेराेना संक्रमण पुष्टि भएकाे स‌ंख्या ३ सय ७० पुगेकाे छ जसमा काठमाडाैंकाे २ सय ४६, ललितपुरकाे ७७ र भक्तपुरकाे ४७ जना रहकाे छन् ।

अहिलेसम्म काठमाडाैंबाट ९२ जना, ललितपुरकाे २० जना र भक्तपुरकाे २१ जना डिस्चार्ज भएका छन् । यसार्थ हाल उपत्यकामा हाल २ सय ३३ जना उपचारकाे क्रममा रहेका छन् ।काेराेनाकाे कारण हालसम्म काठमाडाैंमा ३ जना र ललितपुरका १ जनाकाे मृत्‍यु पुष्टि भएकाे छ ।

आज नेपालमा १ सय ५६ जना काेराेना संक्रमित थपिएका छन् भने ५८ जना संक्रमित निकाे भएर घर फर्किएका छन् । नेपालमा काेराेना संक्रमितकाे स‌ंख्या १७ हजार ६ सय ९८ पुगेकाे छ भने कुल निकाे भएर घर फर्किनेकाे संख्या ११ हजार ६ सय ९५ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ४० जको मृत्यु भइसकेकाे छ ।

Share News