काठमाडौं । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले गरेको कोरोना खोप परीक्षण सफल भएकाे छ । एस्ट्राजेनेकाको सहकार्यमा निर्माण गरिएको यो खोपको सुरुवाती परीक्षणले मानिसमा खोपको प्रयोग सुरक्षित रहेको देखाउनुकाे साथै प्रतिरक्षा शक्ति पनि राम्रो बनाउन सफल भएकाे हाे ।
पहिलो चरणको क्लिनिकल परीक्षणमा बेलायतका १ हजार ७७ जनालाई उक्त खोप लगाइएको थियाे । १८ देखि ५५ वर्ष बीचका मानिसमा गरिएको खोपको परीक्षणमा दोहोरो प्रतिरक्षा प्रतिक्रिया (एन्टिबडी र टी–सेल) विकास भएको पाइएकाे बेलायतस्थीत एक मेडिकल जर्नलमा सोमबार प्रकाशित भएको छ।
जर्नलमा खोप लगाएका व्यक्तिमा कोरोनासँग लड्ने ‘एन्टिबडी’ विकास भएको उल्लेख गरिएकाे छ यद्यपी यसलाई सार्वजनिक प्रयोगमा ल्याउनुअघि योभन्दा बृहत स्तरको क्लिनिकल परीक्षण गरिने उनीहरूले बताएका छन्। स्रोत : बीबीसी