नेपालमा थप १ सय ४७ जनामा कोरोना पुष्टि, १५६ निकाे भए

<p>काठमाडौं । पछिल्लो २४ घण्टा यता थप १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा १ सय ४७ जनामा कोराेना भाइरस देखिएको बताए । हाल क्वारेन्टिनमा २० हजार ९८ जना रहेका छन् भने पीसीआर विधिबाट मंगलबार ३ [&hellip;]</p>

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा १ सय ४७ जनामा कोराेना भाइरस देखिएको बताए ।

हाल क्वारेन्टिनमा २० हजार ९८ जना रहेका छन् भने पीसीआर विधिबाट मंगलबार ३ हजार ४ सय ८० जनाको कोरोना परीक्षण भएको छ । आजसम्म ३ लाख ३१ हजार ९५ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । मंगलबार विभिन्न अस्पतालबाट १ सय ५६ जना निको भएर घर फर्किएका छन् । आजसम्म कोरोना मुक्त हुनेको संख्या १२ हजार ६ सय ८४ पुगेको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

Share News