नेपालमा थप १ सय ३० जनामा कोरोना पुष्टि, ७५ निकाे भए

<p>काठमाडौं । पछिल्लो २४ घण्टा यता थप १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा १ सय ३० जनामा कोराेना भाइरस देखिएको बताए । हाल क्वारेन्टिनमा १७ हजार ९ सय ३ जना रहेका छन् भने आजसम्म ३ [&hellip;]</p>

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा १ सय ३० जनामा कोराेना भाइरस देखिएको बताए ।

हाल क्वारेन्टिनमा १७ हजार ९ सय ३ जना रहेका छन् भने आजसम्म ३ लाख ४२ हजार ४ सय ५७ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । मंगलबार विभिन्न अस्पतालबाट ७५ जना निको भएर घर फर्किएका छन् । आजसम्म कोरोना मुक्त हुनेको संख्या १३ हजार १ सय २८ पुगेको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

Share News