नेपालमा थप २ सय ७४ जनामा कोरोना पुष्टि, २२७ जना निको भए

<p>काठमाडौं । पछिल्लो २४ घण्टा यता थप २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा २ सय ७४ जनामा कोराेना भाइरस देखिएको बताए । हाल क्वारेन्टिनमा १३ हजार २ सय १ जना रहेका छन् भने आजसम्म ३ [&hellip;]</p>

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा २ सय ७४ जनामा कोराेना भाइरस देखिएको बताए ।

हाल क्वारेन्टिनमा १३ हजार २ सय १ जना रहेका छन् भने आजसम्म ३ लाख ६४ हजार ६ सय ४८ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । मंगलबार विभिन्न अस्पतालबाट २२७ जना निको भएर घर फर्किएका छन् । आजसम्म कोरोना मुक्त हुनेको संख्या १४ हजार २ सय ४८ पुगेको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।

Share News