यी डाक्टर जसले दुरबिनकै माध्यमबाट पाठेघर निकालिन्

<p>काठमाडौं । डा. रंगिना लाईकंगबमले नेपालमा पहिलो पटक डे केएर हिस्टेरेक्टोमी (दुरबिनको माध्यमबाट पाठेघर निकाल्ने) विधीबाट शल्यकृया गरेकी छिन् । उनले ब्लु क्रस हस्पिटलमा उक्त शल्यकृया सफलताको साथ सम्पन्न गरेकी हुन् । जर्मन स्थित विश्व प्रसिद्ध किलयूनिभर्सिटिबाट स्त्री रोग बिशेषज्ञमा थपडिग्री हासिल गरी केहि बर्षदेखि बरिष्ठ स्त्री रोग तथा गाईनो सर्जनको रुपमा ल्याप्रोस्कोपी विधी (प्वाल पारेर दुर्विनबाट अप्रेसन गरिने [&hellip;]</p>

काठमाडौं । डा. रंगिना लाईकंगबमले नेपालमा पहिलो पटक डे केएर हिस्टेरेक्टोमी (दुरबिनको माध्यमबाट पाठेघर निकाल्ने) विधीबाट शल्यकृया गरेकी छिन् । उनले ब्लु क्रस हस्पिटलमा उक्त शल्यकृया सफलताको साथ सम्पन्न गरेकी हुन् ।

जर्मन स्थित विश्व प्रसिद्ध किलयूनिभर्सिटिबाट स्त्री रोग बिशेषज्ञमा थपडिग्री हासिल गरी केहि बर्षदेखि बरिष्ठ स्त्री रोग तथा गाईनो सर्जनको रुपमा ल्याप्रोस्कोपी विधी (प्वाल पारेर दुर्विनबाट अप्रेसन गरिने विधि) मार्फत आवश्यक स्वास्थ्य सेवा प्रदान गरी रहेकी डा.लाईकंगबम उक्त कार्यमा सफल भएकी हुन् ।

यस डे केएर हिस्टेरेक्टोमी प्रबिधिबाट शल्यकृया गर्दा विरामी विहान अस्पतालमा भर्ना भई पाठेघर झिक्ने शल्यकृया दुरबिनको माध्यमबाट गराई मात्र ६ देखि ८ घण्टामा हिडेर नै घर फर्कन सकिने र बिरामीको समय निकै बचत भई आर्थिक रुपमा समेत फाईदा हुने डा. लाईकंगबमले जानकारी गराइन् ।

विश्वको कयौं देशमा यस प्रविधिबाट पहिला देखि नै शल्यकृया भईरहे पनि नेपालको हकमाभनेडा. रंगिना लाईकंगबमले नै पहिलो पटक सफल शल्यकृया गरेकी हुन् । विदेशमा रहेर अध्ययन गर्दा खेरी देखेको अत्याधुनिक प्रबिधिले नेपाली दिदिबहिनीहरुलाई सरल र शुलभ उपचार गर्ने आफ्नो पुरानो सपना अहिले आएर साकार भएको डा. लाईकंगबमले जानकारी दिएकी छिन् ।

यससंगै डा.लाईकंगबम यस अत्याधुनिक प्रबिधिबाट डे केएर हिस्टेरेक्टोमी तथा अन्य डे केएर गाईने सर्जरी गर्ने नेपालकै प्रथम स्त्रीरोग विशेषज्ञ र ब्लुक्रस हस्पिटल पहिलो निजी अस्पतालको रुपमा प्रस्तुत भएको छ ।

करिब ३ दशक देखि ‘सुरक्षित, स्तरिय एवंम सन्तुष्टि’ को मुल मन्त्र बोकी स्वास्थ्य सेवामा राष्ट्रलाई केहि हदसम्म योगदान प्रदान गर्न त्रिपुरेश्वर-११ म अवस्थित ब्लुक्रस हस्पिटलले नेपालमा निजी क्षेत्रबाट सि.टि.एम.आर.आई तथा डाईलेसिस सेवा सुचारु गरी विभिन्न विधाका वरिष्ठ विशेषज्ञ चिकित्सकबाट उत्कृष्ठ सेवा प्रदान गर्दै आईरहेको छ ।

साथै, आज भोलीको अत्यन्त व्यस्त समयको मागलाई आत्मसाथ गरि यस हस्पिटलले नविनतम प्रविधि मार्फत आवश्यक बिरामीहरुलाई सरल तथा सुविधाजनक स्वास्थ्य लाभको अवसर समेत प्रदान गर्दै आईरहेको छ । यसैलाई आत्मसाथ गर्दै अत्याधुनिक प्रबिधिलाई विस्तार गरी उपचारमा लाग्ने समयलाई न्युनीकरण गर्न अस्पतालले नेपालमै पहिलो पटक डे केएर हिस्टेरेक्टोमी पविधि भित्र्याएको हो ।

Share News