२४ घण्टामा थप २ सय २४ जनामा काेराेना पुष्टि, मृतकको संख्या ५६ पुग्यो

<p>काठमाडाैं । पछिल्लो २४ घण्टामा २ सय २४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ [&hellip;]</p>

काठमाडाैं । पछिल्लो २४ घण्टामा २ सय २४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा नमूना परीक्षण गर्दा २२४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । यो सँगै सङ्क्रमितको सङ्ख्या १९ हजार ७७१ पुगेको छ ।

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १५१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको सङ्ख्या १४ हजार ३९९ पुगेको छ । उनका अनुसार १२ हजार १११ जना क्वारेन्टिनमा र पाँच हजार ३१६ जना आइसोलेशनमा रहेका छन् ।

मुलुकभर पाँच हजार ३१६ सक्रिय सङ्क्रमित छन् । कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेका संख्या ५६ जनापुगेको छ । पछिल्लो २४ घण्टामा थप चार जना सङ्क्रमितको मृत्यु भएको प्रवक्ता डा‍. गौतमले बताए ।

Share News