नेपालमा थप २ सय ४६ जनामा कोरोना पुष्टि, १११ जना निको भए

<p>काठमाडौं । पछिल्लो २४ घण्टा यता थप २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा २ सय ४६ जनामा कोराेना भाइरस देखिएको बताए । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २० हजार ३ सय  ३२ जना पुगेकाे छ । हाल [&hellip;]</p>

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा २ सय ४६ जनामा कोराेना भाइरस देखिएको बताए । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २० हजार ३ सय  ३२ जना पुगेकाे छ ।

हाल क्वारेन्टिनमा १० हजार ९ सय ३४ जना रहेका छन् भने आजसम्म ३ लाख ९१ हजार २ सय ७० जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । मंगलबार विभिन्न अस्पतालबाट १११ जना निको भएर घर फर्किएका छन् । आजसम्म कोरोना मुक्त हुनेको संख्या १४ हजार ६ सय ३ पुगेको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

Share News