काठमाडाैं । काठमाडौं उपत्यकामा ३१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ३१ जनामा कोरोना पुष्टि भएकाे बताएका हुन् ।
संक्रमितहरु काठमाडाैंकाे २२, ललितपुरकाे ८ र भक्तपुरकाे १ जना रहेकाे गाैतमले बताए ।योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ४५० ललितपुरमा १०५ र भक्तपुरमा ५९ पुगेको छ भने काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या ६१६ पुगेको छ।
आईतबार देशभर २४६ संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितकोे संख्या २० हजार ३३२ पुगेको छ।