काठमाडाैं । काेराेनाकाे कारण वीरगञ्जमा थप एक जनाकाे मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्साको वीरगञ्ज महानगरपालिका-१६ का ६८ वर्षीया वृद्धाको साउन १७ गते कोरोनाबाट मृत्यु भएको हो ।
ज्वरो र खोकीको समस्या देखिएपछि साउन १४ गते उनी नारायणी बयोधा अस्पतालको आइसियुमा भर्ना भएको प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि १७ गते नारायणी कोभिड अस्पताल रिफर गरिएकोमा बाटोमै मृत्यु भएको हो । मधुमेह र उच्च रक्तचापकी ती वृद्धामा १६ गते कोरोना पोजेटिभ देखिएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या ५७ पुगेको छ ।