भारतका गृहमन्त्री अमित शाहलाई कोरोना पुष्टि

<p>काठमाडाैं । भारतका गृहमन्त्री तथा भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई कोरोना भाइरसको संक्रमण भएको छ। उनले आइतबार दिउँसो ट्विट गर्दै आफूलाई कोरोनाको संक्रमण भएको जानकारी दिएका छन्। शाहले ट्विटमा भनेका छन् ‘कोरोनाका सुरूआती लक्षण देखिएपछि मैले परीक्षण गराएको थिएँ र रिपोर्ट पोजेटिभ आएको छ। मेरो स्वास्थ्य अवस्था ठिक छ तर डाक्टरहरूको सल्लाहमा अस्पताल भर्ना भएको [&hellip;]</p>

काठमाडाैं । भारतका गृहमन्त्री तथा भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई कोरोना भाइरसको संक्रमण भएको छ। उनले आइतबार दिउँसो ट्विट गर्दै आफूलाई कोरोनाको संक्रमण भएको जानकारी दिएका छन्।

शाहले ट्विटमा भनेका छन् ‘कोरोनाका सुरूआती लक्षण देखिएपछि मैले परीक्षण गराएको थिएँ र रिपोर्ट पोजेटिभ आएको छ। मेरो स्वास्थ्य अवस्था ठिक छ तर डाक्टरहरूको सल्लाहमा अस्पताल भर्ना भएको छु, मेरो अनुरोध कि तपाईंहरूमध्ये केही दिनयता मेरो सम्पर्कमा आएका व्यक्तिहरूले आफूलाई आइसोलेसनमा राखेर परीक्षण गराउनु होला ।’

Share News