काठमाडाैं उपत्यकामा एकैदिन ६२ जनामा देखियाे कोरोना

<p>काठमाडाैं । काठमाडौं उपत्यकामा ६२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ६२ जनामा कोरोना पुष्टि भएकाे बताएका हुन् । संक्रमितहरु काठमाडाैंकाे ४८, ललितपुरकाे १ र भक्तपुरकाे ११ जना रहेकाे गाैतमले बताए ।योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ५४१ ललितपुरमा १०९ र भक्तपुरमा ७७ [&hellip;]</p>

काठमाडाैं । काठमाडौं उपत्यकामा ६२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ६२ जनामा कोरोना पुष्टि भएकाे बताएका हुन् ।

संक्रमितहरु काठमाडाैंकाे ४८, ललितपुरकाे १ र भक्तपुरकाे ११ जना रहेकाे गाैतमले बताए ।योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ५४१ ललितपुरमा १०९ र भक्तपुरमा ७७ पुगेको छ भने काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या ७२९ पुगेको छ।

बुधबार देशभर २५९ संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितकोे संख्या २१ हजार ९ पुगेको छ।

Share News