सर्लाहीका नेकपा अध्यक्ष पन्तलाई कोरोना संक्रमण

<p>काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले बुधबार एक विज्ञप्ती जी गरी आफूलाई कोरोना संक्रमण देखिएको बताएका हुन् । उनले विज्ञप्तीमा भनेका छन्,‘३/४ दिन पहिलेदेखि मलाई हल्का ज्वरो र घाँटीमा केही असजिलो समस्या अनुभव भएको थियो, शंका लागेर काठमाडौंमा आएर स्वाब संकलन गराएँ [&hellip;]</p>

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले बुधबार एक विज्ञप्ती जी गरी आफूलाई कोरोना संक्रमण देखिएको बताएका हुन् ।

उनले विज्ञप्तीमा भनेका छन्,‘३/४ दिन पहिलेदेखि मलाई हल्का ज्वरो र घाँटीमा केही असजिलो समस्या अनुभव भएको थियो, शंका लागेर काठमाडौंमा आएर स्वाब संकलन गराएँ । पिसिआर टेष्ट कोभिड पोजेटिभ देखियो ।’ हाल उनी काठमाडौंमा डाक्टरको सल्लाह अनुसार आइसोलेसनमा बसेको र अवस्था सामान्य रहेको उल्लेख गरेका छन् ।

Share News