काठमाडाैं । काठमाडौं उपत्यकामा ८७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ८७ जनामा कोरोना पुष्टि भएकाे बताएका हुन् ।संक्रमितहरु काठमाडाैंकाे ७६, ललितपुरकाे १० र भक्तपुरकाे १ जना रहेकाे गाैतमले बताए ।योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ६७४ ललितपुरमा १२४ र भक्तपुरमा ७८ पुगेको छ भने काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या ८७८ पुगेको छ ।
बुधबार देशभर ३६० संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितकोे संख्या २१ हजार ७ सय ५० पुगेको छ ।