नेपाल आयल निगमका १० जनामा काेराेना देखियाे

<p>काठमाडाैं । रुपन्देहीमा नेपाल आयल निगमका १० जनामा कोरोना संक्रमण देखिएको छ । आइतबार आएको स्वाब परीक्षण रिपोर्टअनुसार आयल निगम भलवारीका ३, भैरहवा पेट्रोल पम्पका ३ र विमानस्थलस्थित हवाई ईन्धन डिपोका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएकाे छ । केही दिनअघि विमानस्थल डिपोका ४ जना कर्मचारीलाई रुघाखोकी लागेर पीसीआर परीक्षण गर्दा पोजिटिभ नतिजा [&hellip;]</p>

काठमाडाैं । रुपन्देहीमा नेपाल आयल निगमका १० जनामा कोरोना संक्रमण देखिएको छ । आइतबार आएको स्वाब परीक्षण रिपोर्टअनुसार आयल निगम भलवारीका ३, भैरहवा पेट्रोल पम्पका ३ र विमानस्थलस्थित हवाई ईन्धन डिपोका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएकाे छ ।

केही दिनअघि विमानस्थल डिपोका ४ जना कर्मचारीलाई रुघाखोकी लागेर पीसीआर परीक्षण गर्दा पोजिटिभ नतिजा आएपछि निगमले जिल्लामा रहेका ३ वटै डिपोका कर्मचारीको स्वाब संकलन गरी परीक्षणका लागि पठाएको थियो । त्यसरी पठाइएकामा भलबारी डिपोका ४० मध्ये ३, भैरहवा पेट्रोल पम्पका २२ मध्ये ३ र विमानस्थलका १६ मध्ये थप ४ जनामा संक्रमण पुष्टि भएको हो । अन्यको नतिजा आउन बाँकी छ ।

Share News