काठमाडाैं । पाटन अस्पतालको निर्देशकमा डा. रवि शाक्य नियुक्त भएका छन्। यसअघि अस्पतालका निर्देशकमा डा विष्णुप्रसाद शर्मा थिए। उनको कार्यकाल शुक्रबारबाट सकिएसँगैं डा. शाक्य नियुक्त भएका हुन् ।
अस्पतालको मानसिक रोग विभागका प्रमुख डा. शाक्यलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारी परिषदको बैठकले निर्देशक नियुक्त गरेको हो।
उनकाे कार्यकाल ४ वर्षको हुन्छ।