काठमाडौं । काठमाडौं उपत्यकामा थप १ सय ६८ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा १ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् ।
संक्रमितहरु काठमाडौंको १३९, ललितपुरको १४ र भक्तपुरको १५ जना रहेको गौतमले बताए । योसँगै काठमाडौंमा १७३८, ललितपुरमा २८२ र भक्तपुरमा १४७ संक्रमित पुष्टि भएका छन् । योसँगै काठमाडौं उपत्यकाको कुल संक्रमितको संख्या २१३५ पुगेको छ।
आज देशभर ४ सय ८१ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या २७ हजार ६२सय ४१ पुगेको छ ।