काठमाडौंमा कोरोनाको नयाँ रेकर्ड

<p>काठमाडौं । काठमाडौंमा कारोना भाइरसले नयाँ रेकर्ड कायम गरेका छ । काठमाडौं उपत्यकामा थप २ सय ५ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा २ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् । संक्रमितहरु काठमाडौंको १३८, ललितपुरको ५० र भक्तपुरको १७ [&hellip;]</p>

काठमाडौं । काठमाडौंमा कारोना भाइरसले नयाँ रेकर्ड कायम गरेका छ । काठमाडौं उपत्यकामा थप २ सय ५ जनामा कोरोना देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा २ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् ।

संक्रमितहरु काठमाडौंको १३८, ललितपुरको ५० र भक्तपुरको १७ जना रहेको गौतमले बताए । योसँगै काठमाडौंमा १८७६, ललितपुरमा ३३२ र भक्तपुरमा १६४ संक्रमित पुष्टि भएका छन् । यो सँगै काठमाडौं उपत्यकाको कुल संक्रमितको संख्या २३४० पुगेको छ।

आज देशभर १ हजार १६ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ ।

 

Share News