काठमाडाैं । काेभिड-१९ का बिरामीहरुकाे लागि बेड नछुटाउने अस्पतालहरुकाे पिसिआर परीक्षण गर्न राेकिने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले काेभिड-१९ बिरामीकाे लागि बेड नछुटाउने अस्पताल, मेडिकल कलेज र प्रतिष्ठानहरुकाे पिसिआर परीक्षण राेकिने बताएका हुन् ।
गाैतमले मेडिकल कलेज र प्रतिष्ठानहरुले एक तिहाई र अन्य प्राइभेट तथा सरकारी अस्पतालहरुले २० प्रतिशत बेड अनिवार्य छुटाउनुपर्ने बताए ।
यस्तै काेभिड-१९ बिरामीकाे लागि बेड छुटाउने सबै स्वास्थ्य संस्थाहरुले पिसिआर परीक्षणकाे अनुमति पाउने बताएका छन् ।