काठमाडौं उपत्यकामा थप २ सय २४ जनामा देखियो कोरोना

<p>काठमाडौं । काठमाडौं उपत्यकामा थप २ सय २४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् । जसमध्ये काठमाडौंका १ सय ७७, ललितपुरका ३३ र भक्तपुरको १४ जना रहेको गौतमले बताए । योसँगै [&hellip;]</p>

काठमाडौं । काठमाडौं उपत्यकामा थप २ सय २४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् ।

जसमध्ये काठमाडौंका १ सय ७७, ललितपुरका ३३ र भक्तपुरको १४ जना रहेको गौतमले बताए ।

योसँगै काठमाडौंमा २७८९, ललितपुरमा ४४३ र भक्तपुरमा २८७ संक्रमित पुष्टि भएका छन् । यो सँगै काठमाडौं उपत्यकाको कुल संक्रमितको संख्या ३४८७ पुगेको छ।

आज देशभर ७ सय ४३ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६ सय ७८ जना पुगेको छ ।

Share News