नेपाल बंगलादेश बैंकले हस्तान्तरण गर्यो दुई करोड २५ लाख रुपैयाँ बराबरको जीवनरक्षक औषधि

<p>काठमाडौं । नेपाल बंगलादेश बैंकले दुई करोड २५ लाख रुपैयाँ बराबरको ५ हजार थान जीवनरक्षक औषधि हस्तान्तरण गरेको छ । बैंकले कोभिड १९ को उपचारमा प्रयोग हुने जीवनरक्षक औषधि नेपालमा अभाव भइरहेको बेला उक्त सहयोग गरेको हो । बैंककाे संयुक्त लगानीको बैंक आईएफआईसी बैंक, बंगलादेश तथा औषधि उत्पादक बेक्सिमको फर्मास्युटिकल, बंगलादेशको संयुक्त पहलमा ती औषधिहरु [&hellip;]</p>

काठमाडौं । नेपाल बंगलादेश बैंकले दुई करोड २५ लाख रुपैयाँ बराबरको ५ हजार थान जीवनरक्षक औषधि हस्तान्तरण गरेको छ । बैंकले कोभिड १९ को उपचारमा प्रयोग हुने जीवनरक्षक औषधि नेपालमा अभाव भइरहेको बेला उक्त सहयोग गरेको हो ।

बैंककाे संयुक्त लगानीको बैंक आईएफआईसी बैंक, बंगलादेश तथा औषधि उत्पादक बेक्सिमको फर्मास्युटिकल, बंगलादेशको संयुक्त पहलमा ती औषधिहरु सहयोग गरिएको हो ।

हाल देशमा आइपरेको विषम परिस्थिति र तत्पश्चात् कोभिड १९ को जीवन रक्षक मानिएको औषधि रेन्डिसिभिर पाँच हजार थान बिहीबार ढाकास्थित नेपाली राजदूत डा. बंशिधर मिश्रालाई हस्तान्तरण गरिएको छ ।

उक्त औषधि अबको एक–दुई दिनभित्रमा नेपाल आइसक्ने र सर्वसाधारण जनताको जीवन रक्षामा प्रयोग हुने बैंकले जनाएकाे छ । जसकाे हालको बजार मूल्य करिब दुई करोड २५ लाख रुपैयाँ भन्दा बढी रहेको छ ।

नेपाल बंगलादेश बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि नेपाल सरकारको कोभिड १९ फण्डमा एक करोड ४५ लाख रूपैयाँ प्रदान गरिसकेको छ । समाज प्रति एक जिम्मेवार बैंकको हैसियतले बैंक सदैव आफ्नो जिम्मेवारी बहन गर्न तयार रहेको छ ।

Share News