थप ९ सय २७ जनामा काेराेना देखियाे

<p>काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप ९ सय २७ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३६ हजार ४ सय ५६ जना पुगेको [&hellip;]</p>

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप ९ सय २७ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन्।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३६ हजार ४ सय ५६ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १ सय ६९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २० हजार २४२ उपचारपछि निको भएका छन्।

नेपालमा हालसम्म १९० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

Share News