सरकारले यी तीन अस्पताललाई काेराेना अस्पताल बनायाे

<p>काठमाडौं । सरकारले थप तीन वटा अस्पताललाई कोरोना अस्पताल बनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाण्डुको कान्तिपुर र जनमैत्री साथै वीरगञ्जको नेशनल मेडिकल कलेजको शीक्षण अस्पताललाई कोभिड अस्पतामा रुपान्तरण गरेको हो । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले कोरोना संक्रमणको दर बढ्दै गइरहेकाले कोभिड अस्पतालको संख्या बढाइएको जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना [&hellip;]</p>

काठमाडौं । सरकारले थप तीन वटा अस्पताललाई कोरोना अस्पताल बनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाण्डुको कान्तिपुर र जनमैत्री साथै वीरगञ्जको नेशनल मेडिकल कलेजको शीक्षण अस्पताललाई कोभिड अस्पतामा रुपान्तरण गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले कोरोना संक्रमणको दर बढ्दै गइरहेकाले कोभिड अस्पतालको संख्या बढाइएको जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना उपचारका लागि केन्द्रीय अस्पतालमा एक हजार बेड, प्रादेशिक अस्पतालमा एकहजार नौ सय ५७ र ६४९ पालिकामा हरेकमा ५ बेडका अस्पतालका दरले ३ हजार २४५ वेड थप गरेको छ । मन्त्रालयले यो जनशक्तिसहितको भौतिक पूर्वाधार थप गरेको जनाएको हो ।

Share News