काेराेनासँग लड्न निन्द्राकाे भूमिका महत्वपूर्ण : कुन उमेरकाले कति सुत्ने ?

<p>जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले कोरोना संक्रमणलगायत रोगसँग लड्न रोगप्रतिरोधात्मक शक्ति अर्थात् इन्युनिटी पावर आवश्यक पर्ने र त्यो बढाउन निद्राको ठूलो भूमिका हुने बताएका छन् । उनले रोग, इम्युनिटी पावर र निद्राबीचको सम्बन्धबारे व्याख्या गर्दै कति वर्षका व्यक्तिले कति घण्टा सत्नुपर्छ भन्ने जानकारी दिएका हुन् । यस्ताे भन्छन् उनी:  काेरोना संक्रमणलगायतका रोगहरूसँग लड्नका लागि निद्राको ठूलो [&hellip;]</p>

जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले कोरोना संक्रमणलगायत रोगसँग लड्न रोगप्रतिरोधात्मक शक्ति अर्थात् इन्युनिटी पावर आवश्यक पर्ने र त्यो बढाउन निद्राको ठूलो भूमिका हुने बताएका छन् ।

उनले रोग, इम्युनिटी पावर र निद्राबीचको सम्बन्धबारे व्याख्या गर्दै कति वर्षका व्यक्तिले कति घण्टा सत्नुपर्छ भन्ने जानकारी दिएका हुन् ।

यस्ताे भन्छन् उनी: 

काेरोना संक्रमणलगायतका रोगहरूसँग लड्नका लागि निद्राको ठूलो भूमिका छ। रातिको समयमा पर्याप्त सुत्ने व्यक्तिको इम्युनिटी पावर राम्रो हुन्छ।

हामी सबैले अनुभव गरेका छौं कि निद्रा नपुगेका दिनमा हामी दिनभर ताजगी अनुभव गर्न सक्दैनौं। हाम्रो जोश, जाँगर, उमंग तथा उत्साह मुर्झाएको हामीले अनुभव गर्दछौं।

त्यस्तै राम्रोसँग निद्रा परेको समयमा हामी आफूई निकै स्वस्थ अनुभव गर्दछौं। हाम्रो पूर्वीय दर्शनमा निद्रालाई आहारजत्तिकै महत्व दिइएको छ।

हामी रातिमा ७(९ घण्टा सुत्यौं भने मेलाटोनिन नामक हर्मोनको उत्पादन राम्रो हुन्छ। जसले गर्दा हामी खुसी हुन्छौं। साथै रोगसँग लड्ने क्षमता वृद्धि हुन्छ।

कति घण्टा सुत्नुपर्छ ?

१४-२५ वर्षका व्यक्तिलाई: ८-१० घण्टा

२६-६४ वर्षका व्यक्तिलाई: ७-९ घण्टा

६५ वर्ष तथा सोभन्दा धेरै उमेरका व्यक्तिलाई: ७-८ घण्टा

Share News