नेपालभर एकैदिन १२ सय बढिमा काेराेना देखियाे, हालसम्मकै उच्च

<p>काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप १२ सय २१ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३८ हजार ५ सय ६१ जना पुगेको [&hellip;]</p>

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप १२ सय २१ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन्।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३८ हजार ५ सय ६१ जना पुगेको छ।

हाल क्वारेन्टिनमा ७ हजार ७ सय ९७ जना रहेका छन् भने आजसम्म ६ लाख ८२ हजार ३ सय ४३ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै हालसम्म २० हजार ८ सय २२ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा १४ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या २१६ पुगेकाे छ ।

Share News