उपत्यकामा काेराेना संक्रमितको नयाँ रेकर्ड: आइतबार ४२९ जना थपिए

<p>काठमाडौं । काठमाडौं उपत्यकामा थप ४ सय २९ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ४ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् । संक्रमितहरु काठमाडौंको ३७२, ललितपुरको १२ र भक्तपुरको ४५ जना रहेको गौतमले बताए । आज देशभर १२ [&hellip;]</p>

काठमाडौं । काठमाडौं उपत्यकामा थप ४ सय २९ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ४ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् ।

संक्रमितहरु काठमाडौंको ३७२, ललितपुरको १२ र भक्तपुरको ४५ जना रहेको गौतमले बताए ।

आज देशभर १२ सय २१ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ ।

Share News