काठमाडौं । केन्द्रीय कारागार सुन्धाराका ३५ जना कैदीबन्दीमा कोरोना भाइरस देखा परेको बताइएको छ । योसँगै केन्द्रीय कारागारमा कोरोना संक्रमित कैदीबन्दीको संख्या ५० पुगेको कारागार प्रशासनले बताएको हाे ।
कारागारको अस्पतालमा उपचाररत एकजनालाई कोरोना देखिएपछि १ सय ७५ जना कैदीबन्दीको पिसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना देखिएको हो ।
बाहिर हिँडडुल नगर्ने कैदिबन्दीलाई समेत कोरोना देखिन थालेपछि कोरोनाको जोखिम बढ्दै गएको बुझ्न सकिन्छ । कैदीबन्दीको उपचार र एकठाउँबाट अर्कोतिर लैजाँदा संक्रमण भएको हुन सक्ने बताइएको छ ।