काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । मेयर शाक्यको सचिवालयका अनुसार उनलाई कोरोना पाेजेटिभ देखिएकाे हाे ।
उनले दुई दिनअघि स्वाब दिएका थिए ।
उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए । तर, उनकी पत्नीलाई भने कोरोना संक्रमण नदेखिएकाे बताइएकाे छ ।