काठमाडाैं । कर्णाली प्रदेशको सामाजिक विकाश मन्त्रालय अन्तर्गत रहेको प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशकमा डा. रविन खड्का नियुक्त भएका छन्।
प्रदेश सरकारले सोमबार डा. खड्कालाई निर्देशकको जिम्मेवारी दिएको हो। चिकित्सक संघका अध्यक्ष समेत रहेका उनी यसअघि भरतपुर अस्पताल र कर्णाली प्रादेशिक अस्पतालका निर्देशक समेत भइसकेका छन्।
याेसँगैं यसअघि उक्त स्थानमा रहेकी डा. रिता जोशी भण्डारीलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ।