चार्टड एकाउन्टेन्टका छोराछोरीले कलेज अफ बिजनेस म्यानेजमेन्टमा निःशुल्क पढ्न पाउने

<p>काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघका छोराछोरीहरुले कलेज अफबिजनेस म्यानेजमेन्ट निःशुल्क पढ्न पाउने भएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ र कलेज अफबिजनेस म्यानेजमेन्टका बिचमा सदस्य तथाउनीहरुको नजिकका नातेदारका छोराछोरीहरुलाई प्लस २ व्यवस्थापन संकायमा मासिक शुल्कमा सतप्रतिशत छात्रवृति दिनेगरी सम्झौता भएसँगै उनीहरुले निःशुल्क पढ्न पाउने भएका हुन् । सम्झौताका बारेमा जानकारी गराउँदै कलेजका प्रिन्सिपल सिए. [&hellip;]</p>

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघका छोराछोरीहरुले कलेज अफबिजनेस म्यानेजमेन्ट निःशुल्क पढ्न पाउने भएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ र कलेज अफबिजनेस म्यानेजमेन्टका बिचमा सदस्य तथाउनीहरुको नजिकका नातेदारका छोराछोरीहरुलाई प्लस २ व्यवस्थापन संकायमा मासिक शुल्कमा सतप्रतिशत छात्रवृति दिनेगरी सम्झौता भएसँगै उनीहरुले निःशुल्क पढ्न पाउने भएका हुन् ।

सम्झौताका बारेमा जानकारी गराउँदै कलेजका प्रिन्सिपल सिए. सुमन न्यौपानेले कलेज डिल्लीबजारमा रहेको युवा चार्टर्ड एकाउन्टेन्टहरुको समुहद्वारा संचालनमा रहेको बताए । कलेजमा पाठ्यक्रमका अतिरिक्ति समसामयिक तथा प्राक्टिकल विधिबाट अध्यापन गराइदै आएको कलेजका प्रिन्सिपल सिए. न्यौपानेले बताए ।

साथै नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ र बिज्हब आइटी सर्भिस प्रा.लि. (ICAN) को बिचमा समेत सम्झौताभएको छ । उक्त सम्झौतामा संघका सदस्यहरुलाई नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था(क्ष्ऋब्ल्) का सदस्य बनाउने लक्ष्यअनुसार बढीमा २० प्रतिशतसम्म छुट मिल्ने गरी सदस्यहरुले अनलाइनप्लेटफर्म मार्फत कक्षालिने व्यवस्था गरिएको छ ।

नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ वि.सं २०३५ सालमा स्थापनाभएको गैरनाफामूलक, गैरराज नैतिकतथा नेपाली चार्टर्ड एकाउण्टेण्ट्सहरुको एक मात्र पेशागत संघ हो ।

यसको मुख्य उद्धेश्य देशमा लेखा ब्यवसायको संरक्षण एवम् सम्र्वदन गरी सुब्यवस्थितएवम् सुचारु रुपले लेखाब्यबसाय संचालन गराउने तथा सदस्यहरुको सामूहिकहितको संरक्षण गर्नु हो ।

यसले गर्दा सम्पूर्ण संघका सदस्यहरुलाई अहिलेको कोभिडको महामारीमा पनि घरमै बसेर अनलाइन कक्षा लिन तथा नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाको सदस्यता लिन समेत टेवा पुग्ने विश्वास लिएको संघका उपाध्यक्ष रमेश धितालले बताएका छन् ।

संघले गरेको कोभिड सर्वेको प्रतिबेदन अनुसार चार्टर्ड एकाउन्टेन्ट सदस्यहरुको हितका लागि संघले कार्यहरुगरिरहेको धितालले बताएका छन् । बैंक तथाबित्तिय संस्थाहरुसंग बिनाधितोमा प्रोफेश्नल कर्जा, बिशेष बैंकिङ्ग सेवाका लागि समेत सम्झौता भएको धितालले बताए ।

Share News