उपत्यकामा मंगलबार ४८१ जना काेराेना संक्रमित थपिए

<p>काठमाडौं । काठमाडौं उपत्यकामा थप ४ सय ८१ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ४ सय ८१ जनामा काेरोना संक्रमण पुष्टि भएको बताएका हुन् । संक्रमितहरु काठमाडौंको ३९३, ललितपुरको ५८ र भक्तपुरको ३० जना रहेको गौतमले बताए । याेसँगै संक्रमितकाे संख्या काठमाडौंमा ४ [&hellip;]</p>

काठमाडौं । काठमाडौं उपत्यकामा थप ४ सय ८१ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ४ सय ८१ जनामा काेरोना संक्रमण पुष्टि भएको बताएका हुन् ।

संक्रमितहरु काठमाडौंको ३९३, ललितपुरको ५८ र भक्तपुरको ३० जना रहेको गौतमले बताए । याेसँगै संक्रमितकाे संख्या काठमाडौंमा ४ हजार ९ सय १५, ललिपुरमा ७ सय ४३ र भक्तपुरमा ५ सय ४७ जना पुगेकाे छ ।

आज देशभर १ हजार ६९ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ ।

Share News