कोरोनाको उपचारमा प्रभावकारी मानिएको रेम्डेसिभिर नेपालमा पनि पाइने, मूल्य कति ?

<p>काठमाडाैं । कोरोना भाइरसको बिरामीका लागि प्रभावकारी मानिएको रेम्डेसिभिर औषधि अब नेपालमा पनि पाइने भएको छ । येटिचेम वितरक प्रा. लिमिटेडले नेपालमा पहिलो पल्ट रेम्डेसिभिर नेपालमा पाइने बताएको हो । सिप्ला लिमिटेड (बीएसई ५०००८७ , एनएसई  सिप्लाइक्यू) – विश्वव्यापीबजारकालागि अग्रणी निर्माताले कोभिड–१९को उपचारको लागि &#8216;CIPREMI&#8217; (रेम्डेसिभिर लाइफोलाइज्ड पाउडर इंजेक्शन १०० मिग्रा) ब्रान्डको नाममायेटिचेममार्फत रेम्डेसिभिर पठाइरहेको [&hellip;]</p>

काठमाडाैं । कोरोना भाइरसको बिरामीका लागि प्रभावकारी मानिएको रेम्डेसिभिर औषधि अब नेपालमा पनि पाइने भएको छ । येटिचेम वितरक प्रा. लिमिटेडले नेपालमा पहिलो पल्ट रेम्डेसिभिर नेपालमा पाइने बताएको हो ।

सिप्ला लिमिटेड (बीएसई ५०००८७ , एनएसई  सिप्लाइक्यू) – विश्वव्यापीबजारकालागि अग्रणी निर्माताले कोभिड–१९को उपचारको लागि ‘CIPREMI’ (रेम्डेसिभिर लाइफोलाइज्ड पाउडर इंजेक्शन १०० मिग्रा) ब्रान्डको नाममायेटिचेममार्फत रेम्डेसिभिर पठाइरहेको छ । यस कम्पनीलाई औषधि प्रशासन विभाग (डीडीए), स्वास्थ्य र जनसंख्या मन्त्रालयले नेपालमाकोभिड–१९उपचारको प्रतिबद्धताको तत्काल आवश्यकताको आधारमा नियामक स्वीकृति प्रदान गरेको छ ।

४८० शीशाहरूको पहिलो ब्याच प्रति शीशी रू ६ हजार ४०० मा उपलब्ध हुने बताएको छ । जुन सिप्लाको आवश्यक उपचारमा सिप्लाको प्रयासको हिस्साका रूपमा रेम्डेसिभिरको सबैभन्दा कम मूल्यको बिभिन्न जेनेरिक हो । येटिचेम डिस्ट्रिब्युटर्स प्राइवेट लिमिटेडका अध्यक्षप्रभु आर वैद्यले आफुहरुले २ हजार शीशाहरूको लागि अनुमति पाएको छौं बताएका छन् ।

४८० शीशाहरूको दोस्रो ब्याच १० सेप्टेम्बरमा पलब्ध हुने पनि उनले बताए । बाँकी १०४० शीशाहरू २५ सेप्टेम्बरमाउपलब्ध गराइने बताए ।
नेपालमा कोभिड–१९ बाट संक्रमित गम्भीर बिरामीको संख्यामा उल्लेख्य बृद्धि भएदेखि नै सरकारले खाँचोमा परेका बिरामीलाई रेम्डेसिभिरदिने व्यवस्था सुरु गरेको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी) द्वारा डाक्टरहरूको प्रत्यक्षनिगरानीमा राखिएको प्रोटोकल र दिशानिर्देशहरू, रेम्डेसिभिरका भाइरस बिरामीहरूलाई उपचार गर्दा पालना गर्नु पर्नेछ ।

Share News