नेपालभर बुधबार थप ११ सय २० जना काेराेना संक्रमित थपिए, १२ जनाकाे मृत्‍यु

<p>काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप ११ सय २० जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४१ हजार ६ सय ४९ जना [&hellip;]</p>

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप ११ सय २० जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४१ हजार ६ सय ४९ जना पुगेको छ ।

हाल क्वारेन्टिनमा ६ हजार ७ सय ६६ जना रहेका छन् भने आजसम्म ७ लाख १८ हजार ३ सय ४९ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै बुधबार ११ सय १२ जना निकाे भएसँगैं  हालसम्म २३ हजार २ सय ९० जना निकाे भएर घर गइसकेका छन ।

पछिल्लाे २४ घण्टामा १२ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या २५१ पुगेकाे छ ।

Share News