नेपालभर आज १२ सयभन्दा बढि काेराेना संक्रमित थपिए, ६ जनाकाे मृत्‍यु

<p>काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप १२ सय २८ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४२ हजार ८ सय ७७ जना [&hellip;]</p>

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप १२ सय २८ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४२ हजार ८ सय ७७ जना पुगेको छ ।

हाल क्वारेन्टिनमा ६ हजार ७ सय ४९ जना रहेका छन् भने आजसम्म ७ लाख ३१ हजार ८ सय ९२ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै बिहिबार ९१७ जना निकाे भएसँगैं  हालसम्म २४ हजार २ सय ७ जना निकाे भएर घर गइसकेका छन ।

पछिल्लाे २४ घण्टामा ६ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या २५७ पुगेकाे छ ।

Share News