काठमाडौं । काठमाडौं उपत्यकामा थप ४ सय ४५ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ४ सय ८५ जनामा काेरोना संक्रमण पुष्टि भएको बताएका हुन् ।
संक्रमितहरु काठमाडौंको ३५७, ललितपुरको ४६ र भक्तपुरको ४२ जना रहेको गौतमले बताए । याेसँगै संक्रमितकाे संख्या काठमाडौंमा ५ हजार ६ सय २२, ललिपुरमा ८ सय १८ र भक्तपुरमा ५ सय ९८ जना पुगेकाे छ ।
आज देशभर १२ सय २८ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको छ ।