
काठमाडाैं । नेपालमा थप १३ सय ५९ जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा २४ घण्टामा १३ सय ५९ जनामा कोरोना देखिएके बताएको हो । जुन हाल सम्मकै उच्च संख्या हाे ।
देशभरका प्रयोगशालामा १३ हजार ६३८ नमुना परीक्षण गर्दा ४६४ महिला र ८९५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ।
उनीहरुमध्ये २७१ जनाको मृत्यु भएको छ ।