काठमाडाैंमा काेराेना संक्रमितकाे नयाँ रेकर्ड, कुन जिल्लामा कति देखिए ?

<p>काठमाडाैं । काठमाडौं उपत्यकमा थप ४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा साे संख्यामा काेराेना देखिएकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । काठमाठौंमा ३ सय ८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए । यसअघि बिहीबार उपत्यकामा ४ सय ४५ [&hellip;]</p>

काठमाडाैं । काठमाडौं उपत्यकमा थप ४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा साे संख्यामा काेराेना देखिएकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

काठमाठौंमा ३ सय ८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए । यसअघि बिहीबार उपत्यकामा ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ७०४ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा १० हजार ९४२ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ४६२ जना रहेका छन् ।

Share News