काठमाडौं। पछिल्लो २४ घन्टामा थप १ हजार ३ सय ५४ कोरोना संक्रमित निकाे भएर घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार देशभर साे संख्याका काेराेना संक्रमित घर फर्केका हुन् ।
यससँगै नेपालमा २५ हजार ५ सय ६१ जना संक्रमित उपचारपछि निको भएका छन्। ताप्लेजुङ, सोलुखुम्बु, मुस्ताङ, मुगु र हुम्ला गरी ५ जिल्लामा संक्रमित शून्य भएका छन्।
कुन प्रदेशमा कति डिस्चार्ज ?
प्रदेश १– २००१
प्रदेश २– ७३५७
बाग्मती प्रदेशमा– २०६७
गण्डकी प्रदेशमा– १७१७
प्रदेश ५ मा– ५२७६
कर्णाली प्रदेशमा– २१३७
सुदूरपश्चिम प्रदेशमा– ५००६