उपत्यकामा ३५४ जना काेराेना संक्रमित थपिए

<p>काठमाडौं । काठमाडौं उपत्यकामा थप ३ सय ५४ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ३ सय ५४ जनामा काेरोना संक्रमण पुष्टि भएको बताएका हुन् । संक्रमितहरु काठमाडौंको २९०, ललितपुरको ३२ र भक्तपुरको ३२ जना रहेको गौतमले बताए । आज देशभर ९८० [&hellip;]</p>

काठमाडौं । काठमाडौं उपत्यकामा थप ३ सय ५४ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ३ सय ५४ जनामा काेरोना संक्रमण पुष्टि भएको बताएका हुन् ।

संक्रमितहरु काठमाडौंको २९०, ललितपुरको ३२ र भक्तपुरको ३२ जना रहेको गौतमले बताए ।

आज देशभर ९८० संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ४६ हजार २ सय ५७ पुगेको छ ।

Share News