काठमाडौं । काठमाडौं उपत्यकामा थप ३ सय २६ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ३ सय २६ जनामा काेरोना संक्रमण पुष्टि भएको बताएका हुन् ।
संक्रमितहरु काठमाडौंको २९३, ललितपुरको २० र भक्तपुरको १३ जना रहेको गौतमले बताए ।यससँगैं काठमाडौंमा ६ हजार ९ सय १७ ललितपुरका ९३९ र भक्तपुरमा ७२४ संक्रमित पुगेका छन्।
आज देशभर ९७९ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ४७ हजार ३ सय २६ पुगेको छ ।