उपत्यकामा ३९६ जना काेराेना संक्रमित थपिए

<p>काठमाडौं । काठमाडौं उपत्यकामा थप ३ सय ९६ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ३ सय ९६ जनामा काेरोना संक्रमण पुष्टि भएको बताएका हुन् । संक्रमितहरु काठमाडौंको ३००, ललितपुरको ३८ र भक्तपुरको ५८ जना रहेको गौतमले बताए ।यससँगैं काठमाडौंमा ७ हजार २ [&hellip;]</p>

काठमाडौं । काठमाडौं उपत्यकामा थप ३ सय ९६ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ३ सय ९६ जनामा काेरोना संक्रमण पुष्टि भएको बताएका हुन् ।

संक्रमितहरु काठमाडौंको ३००, ललितपुरको ३८ र भक्तपुरको ५८ जना रहेको गौतमले बताए ।यससँगैं काठमाडौंमा ७ हजार २ सय १७ ललितपुरका ९७७  र भक्तपुरमा ७८२ संक्रमित पुगेका छन्।

आज देशभर ९०२ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको छ ।

Share News