काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल)को कार्यकारी निर्देशकमा प्राडा. दिनेश काफ्ले नियुक्त भएका छन् । प्राडा. काफ्ले मंगलबार कार्यकारी निर्देशक पदमा नियुक्त भएका हुन् ।
यसअघिका निर्देशक प्राडा प्रेम कृष्ण खडगाले अनिवार्य अवकाश पाएपछि त्रिविले तीन महिनाका लागि प्राडा रोहितकुमार पोखरेललाई निमित्त निर्देशक बनाएको थियो । उनकाे कार्यकाल ४ वर्षकाे रहनेछ ।