काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ८१ जना जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् ।
यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४९ हजार २ सय १३ जना पुगेको छ ।
हाल क्वारेन्टिनमा ५ हजार ४ सय ८० जना रहेका छन् भने आजसम्म ७ लाख ९९ हजार ३ सय ४१ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज ९१८ जना निकाे भएसँगैं हालसम्म ३३ हजार ८ सय ८२ जना निकाे भएर घर गइसकेका छन ।
पछिल्लाे २४ घण्टामा ६ जनाकाे मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेकाे संख्या ३१२ पुगेकाे छ ।