उपत्यकामा ४६४ जना काेराेना संक्रमित थपिए

<p>काठमाडौं । काठमाडौं उपत्यकामा थप ४ सय ६४ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ४ सय ६४ जनामा काेरोना संक्रमण पुष्टि भएको बताएका हुन् । संक्रमितहरु काठमाडौंको ३९४, ललितपुरको ३४ र भक्तपुरको ३६ जना रहेको गौतमले बताए ।यससँगैं काठमाडौंमा ७ हजार ८ [&hellip;]</p>

काठमाडौं । काठमाडौं उपत्यकामा थप ४ सय ६४ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ४ सय ६४ जनामा काेरोना संक्रमण पुष्टि भएको बताएका हुन् ।

संक्रमितहरु काठमाडौंको ३९४, ललितपुरको ३४ र भक्तपुरको ३६ जना रहेको गौतमले बताए ।यससँगैं काठमाडौंमा ७ हजार ८ सय ११ ललितपुरका १०११  र भक्तपुरमा ८१८ संक्रमित पुगेका छन्।

आज देशभर १०८१ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेको छ ।

Share News