थप १२ सय ४६ जनामा काेराेना संक्रमण देखियाे, हालसम्म संक्रमित हुनेकाे स‌ंख्या ५० हजार नाघ्याे

<p>काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप १२ सय ४६ जना जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५० हजार ४ सय ६५ [&hellip;]</p>

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप १२ सय ४६ जना जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५० हजार ४ सय ६५ जना पुगेको छ ।

हाल क्वारेन्टिनमा ५ हजार ८ सय ६ जना रहेका छन् भने आजसम्म ८ लाख १० हजार ४ सय ८५ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज १८१८ जना निकाे भएसँगैं हालसम्म ३५ हजार ७ सय जना निकाे भएर घर गइसकेका छन ।

पछिल्लाे २४ घण्टामा ५ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या ३१७ पुगेकाे छ ।

Share News